एकातिर पछिल्लो समय नेपालको शासन ब्यवस्था र जनसांख्यीक अवस्थितीमा ब्यापक फेरबदल आएको छ । अर्कोतिर विश्वमै सुचनाको प्रशोधन र संचार प्रविधिमा भइरहेको विकासले साधन स्रोत र सुचनाको भयावह केन्द्रीकरण गरिरहेको छ । यी दुइ कारणहरूले हाम्रा सांस्कृतिक मान्यताहरू पनि तीब्र रूपमा फेरिदो छ ।
यतिबेला हाम्रो पुराना मानवीय सांस्कृतिक मूल्यहरूमा तीव्र क्षयीकरण भइरहेको छ । यद्यपी दमन र शोषणमा आधारित हिजोका पत्रु सास्कृतिक मान्यताहरू भने नयाँ नयाँ स्वरूपमा आइरहेका छन् । नवउदारबादी अर्थब्यवस्था सिर्जित मानवता बिरोधी सास्कृतिक मुल्यहरू संगको गठजोडले यो झन बलियो हुदै छ र नवीन रूपहरूमा देखिदैछ । साथै स्वतन्त्रताको पुजीबादी अवधारणाले पैदा गरेको अलगाव, उपभोक्ताबाद, मानिसको वस्तुकरण र यिनले निम्त्याएका अनेकन् समस्याहरूबाट हाम्रो समाज ग्रसित छ ।
यी सास्कृतिक समस्याहरूको हल गर्न सक्षम र समर्थवान् नवीन जनसास्कृतिक आन्दोलन निर्माणका लागी जनकला निरन्तर प्रयत्नशील छ ।
कला यथार्थ देखाउने ऐना मात्रै होइन, यो 'यथार्थ' निर्माणको औजार पनि हो ।
नेपालको श्रमशक्ती को निकै ठूलो हिस्सा वैदेशिक श्रम र आवधिक आप्रवासनमा छ जसमा महिलाहरूको अनुपात अत्यन्तै न्यून छ। यसको अर्थ हो—देश भित्रको आर्थीक सामाजिक गतिविधीमा महिलाहरूको हिस्सा ठूलो छ । तर यही अनुपातमा आर्थीक सामाजिक र सार्वजनिक वृत्तमा उनीहरू निर्णायक छैनन् । यसले हाम्रो समाजमा गहिरो जरा गाडेर बसेको पितृसत्तालाइ देखाउछ ।
जब आर्थीक आधारमै यो स्तरमा पृतिसत्ता देखिन्छ, सास्कृतिक सम्बन्धमा त यो यत्र तत्र सर्वत्र देखिन्छ ।
"जब आर्थिक आधारमै यो स्तरमा पितृसत्ता देखिन्छ, सांस्कृतिक सम्बन्धमा त यो यत्र तत्र सर्वत्र हावी हुनु स्वाभाविक छ ।"
औपचारिक आँकडाले नेपालको कूल जनसंख्याको १३.४ प्रतिशत दलित छन् भनेपनी अनौपचारिक अध्ययनहरूले यो झण्डै २० प्रतिशतको हाराहारीमा रहेको बताउछन् । तर वर्ण व्यवस्था केही मानिसहरूले सोचेजस्तो दलितहरूको मात्रै समस्या होइन । अनि यो छुत/अछुतमा मात्रै सिमित समस्या पनि होइन ।
जन्मदै बन्ने श्रेणी सोपानक्रम, र त्यसका आधारमा निर्मित हुने अहंकार र लघुताभाष हाम्रो समाजमा सर्वत्र देखिन्छ । जातका आधारमा हुने भेदभाव विरूद्ध अनेक कानूनहरू छन् , तर तिनको कार्यान्वयन गर्ने मानिसहरू आफै यस रोगबाट ग्रस्त छन् । जातका आधारमा भएका भेदभाव र अन्याय लुकाउन खडा गरिएका अनेक झुट्टा तर्कहरूको चाङ जताततै देख्न सकिन्छ ।
"जातका आधारमा हुने भेदभाव विरुद्ध कानून त छन्, तर तिनको कार्यान्वयन गर्ने मानिसहरू आफै यस रोगबाट ग्रस्त छन्।"
अलगाव अर्थात्
अन्य मानिसहरू, आफ्नो काम, र समाजबाट भावनात्मक वा सामाजिक रूपमा टाढिएको अनुभुती । अनि
अप्नत्वको अभाव, एक्लोपन र निरहताले निर्माण गर्ने दलदल ।
स्वतन्त्र हुने दौडमा जव आफ्नै स्व हराउछ मानिस अलगावमा फस्छ ।
आर्थिक उदारिकरणले नेपाली समाजमा एक प्रकारको “स्वतन्त्रता” ल्यायो । बैदेशिक रोजगरीले यो “स्वतन्त्रता” लाइ झन विस्तारित गर्यो । अनि यसको विस्तारसंगै एउटा मानिस अर्को मानिससंग जोडिने र एउटा मानिस आफ्नो समुदायसंग जोडिने सबै तन्तुहरू चुडिन थाले ।
यतिबेला, कूल जनसंख्याको ६६.८९ प्रतिशत शहरी जनसंख्या छ जुन निरन्तर बढ्दो क्रममा छ । यस्तो बेला अलगावको संक्रमण शहरी युवापुस्तामा सबैभन्दा वढी देखिनु झन डरलाग्दो छ । जुन समाजमा किशोर किशोरीहरू समेत गहिरो अवशादको सिकार भइरहेछन् , त्यस्तो समाज कसरी समृद्ध समाज बन्न सक्छ र ? सामुहिक उत्तरदायीत्वको भाव यति कमजोर भएको समाज समृद्ध बन्नै सक्दैन । अलगावले हाम्रो समाजलाइ निरन्तर खोक्रो बनाइरहेको छ ।
"स्वतन्त्र हुने दौडमा जव आफ्नै स्व हराउछ मानिस अलगावमा फस्छ । "
धार्मिक पहिचानका नाममा देखिने कट्टरता, सर्वश्रेष्ठताको विवाद, यसले निर्माण गर्ने कुरीति र धर्मान्धता नेपाली समाजमा बढ्दो क्रममा छ । ब्यक्तीको धार्मिक सास्कृतिक अधिकारको नाम दिएर गरिने धर्मको राजनिती, धार्मीक अल्पसंख्यकहरूमाथीको दमन र हिंसाले विस्तारै हामीलाइ धार्मिक अतिबाद तिर डोहोर्याउन खोज्दैछ । साथै छिमेकी भारतमा बढ्दो धार्मिक अतिवादको प्रभाववाट पनि हाम्रो समाज अछुतो छैन ।
""