जनकलाको निरन्तर साप्ताहिक कार्यक्रम अन्तर्गत आज हामीले पर्या साहित्य (Green Literature) बारे छलफल गर्यौं । लेखक तथा पर्यावरण विषेशज्ञ रोशन शेरचनले कार्यक्रमको पहल गर्नुभयो । शेरचनले पर्यावरण र मानिसलाई केन्द्रमा राखी लेखिएका केही किताबहरूबाट सुरु गर्दै पर्या साहित्यमा भएका विभिन्न धारहरू बारे पनि संक्षिप्तमा बोल्नु भयो । साथै कार्यक्रममा वातावरण दोहन, यसका कारण र यसको संरक्षणका लागि हामीले व्यक्तिगत र संगठित दुवै रूपमा गर्न सकिने / गर्नुपर्ने कुराहरू बारे पनि छलफल भयो । वातावरण दोहन आजको मुख्य मध्येको मुद्दा हो । यसले हामी आम मानिसको जीवन दिन प्रतिदिन खराब बनाउँदै छ । त्यसका विरुद्ध हामीले संगठित प्रयास र त्यस मार्फत साहित्य सिर्जना गर्नु जरुरी छ ।
कार्यक्रमको सुरु गर्नु अघि साथी आरती आचार्यले "नेपाली समाज र संस्कृति" नामक किताबमा गर्नुभएको संक्षिप्त समिक्षा पनि सुन्यौं ।
अर्को हप्ता जनकलको निरन्तर कार्यक्रम अन्तर्गत सुन्दरी प्रतियोगिता बारे छलफल मा भेट्ने नै छौँ ।
आजका केही तस्बीरहरु...
Date
August 23, 2024
Time
4:00 PM – 6:00 PM
Venue
द डायलेक्टिकल सोसाइटीको कार्यालय, बागबजार
Organizer
जनकला