जनकलाको निरन्तर साप्ताहिक कार्यक्रम अन्तर्गत हिजो हामीले भ्यान गगको जीवन र कर्म बारे छलफल गर्यौं । साथी हिमालले भ्यान गगको जीवन, विभिन्न कलाहरूले उनमा परेको प्रभाव, उनले कला क्षेत्रमा पुर्याएको योगदानहरु प्रस्तुत गरेर सुरु भएको छलफलमा हामीले उनले बनाएका चित्रहरू हेर्यौं र विभिन्न कला आन्दोलन (art movement) र तिनका विशेषता बारे पनि छलफल गर्यौं ।
त्यसका साथै छलफलअघि साथी ज्वालामुखीले छलफलअघि Ernest Callenbach को Ecotopia माथि संक्षिप्त पुस्तक परिचर्चा पनि प्रस्तुत गर्नु भयो ।
अर्को हप्ता हामीले जनकलामा गर्न लागेको "लोककथा बारे" को छलफलमा पनि निमन्त्रणा गर्दछौं ।
Date
August 02, 2024
Time
4:00 PM – 6:00 PM
Venue
द डायलेक्टिकल सोसाइटीको कार्यालय, बागबजार
Organizer
जनकला