गीतहरूमा प्रगतिशीलता -२ : जात व्यवस्थाबारे गीतहरू

गीतहरूमा प्रगतिशीलता -२ : जात व्यवस्थाबारे गीतहरू

जनकलाको निरन्तर साप्ताहिक कार्यक्रम अन्तर्गत यो शुक्रबार "गीतहरूमा प्रगतिशीलता " छलफल शृङ्खलाको दोस्रो कार्यक्रम गर्ने छौँ । हाम्रा विगतका कार्यक्रमहरूमा हामीले धेरै गीतहरू माथि छलफल गरेका छौँ । यस कार्यक्रममा भने हामी - जात व्यवस्था नेपाली गीतहरूमा कसरी अभिव्यक भएको छ ? जात व्यवस्थाका कारण विद्यमान उत्पिडनलाई ती गीतहरूले कसरी चर्चामा ल्याएका छन् ? हुनुपर्ने कस्तो हो ? नवसर्जकहरूले कस्ता कुराहरूमा ध्यान दिनुपर्नेछ? - लगायतका प्रश्नहरूमा केन्द्रित रही केही गीतबारे विस्तृतमा छलफल गर्नेछौं ।

कार्यक्रममा छलफल गर्ने गीतका शब्दहरू यो पोस्टमा भएको लिंकमा हेर्न सक्नुहुनेछ । कला, साहित्य, सङ्गीत, र सौन्दर्यचेतलाई प्रगतिवादी ढाँचाबाट बुझ्ने र त्यसैका माध्यमबाट नवीन समाज तर्फको बाटोमा जान चाहने तपाईंहरू सबैलाई छलफलमा सहभागी हुन निम्तो गर्दछौँ ।

स्थान: The Disoc को कार्यालय
समय: दिनको ४ बजे
सम्पर्क: 9766897317 (आदर्श)

Event Details

📅

Date

June 07, 2024

Time

4:00 PM – 6:00 PM

📍

Venue

द डायलेक्टिकल सोसाइटीको कार्यालय, बागबजार

👤

Organizer

जनकला