आज जनकलामा ‘सुन्दरी प्रतियोगिता बारे’ छलफल भयो। छलफलको सुरुवात साथी गीताले गर्नुभयो।
आजको पुस्तक समीक्षा
साथी सबिता भट्टले तयार पार्नुभएको मोदनाथ प्रश्रित लिखित ‘मानव’ महाकाव्यमाथि समीक्षा भयो। लिखित समीक्षाको वाचन साथी स्नेहा खतिवडाले गर्नुभयो। हाम्रो अनुरोध - आफूले पढिरहेको पुस्तकको समीक्षा लेखेर पठाउन सक्नु हुनेछ। स्वयम् उपस्थित हुनुभएन भने पनि तपाईंको समीक्षा हामी वाचन गर्नेछौँ।
आजको कविता
आज पुरुषोत्तम आचार्य रचित कविता ‘योगमायाको प्रश्न मिस नेपाललाई’ को साथी विनोद लोहनीले वाचन गर्नुभयो।
थप,
सुन्दरी प्रतियोगिताले सौन्दर्यको मानक निर्माण गर्ने प्रक्रियामा गहिरो प्रभाव पार्दै आएको छ। यी प्रतियोगिताहरूले शारीरिक रूप, रंग, र आकारका विशेष मानकहरूलाई प्रोत्साहन गर्छन्। आज जनकलाको निरन्तर छलफलमा नेपालमा सुन्दरी प्रतियोगिताको इतिहास र यसको बजारसँगको सम्बन्धबारे छलफल भयो। महिलालाई वस्तुको रूपमा हेर्नु, मानसिक स्वास्थ्यमा असर पर्नु, र समाजमा सौन्दर्यको गलत परिभाषा स्थापन गर्नुले हाम्रो समाजको समग्र चिन्तन प्रणालीलाई असर पारिरहेका पक्षहरूबारे छलफल भयो। सांस्कृतिक रुपान्तरणको यस्तै अर्को प्रयत्नमा तपाईंहरूसँग अर्को शुक्रबार भेट हुने नै छ।
Date
September 06, 2024
Time
4:00 PM – 6:00 PM
Venue
द डायलेक्टिकल सोसाइटीको कार्यालय, बागबजार
Organizer
जनकला